
२२ असोज, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले इजलरायलमा रहेका विद्यार्थीसँग संवाद गरेका छन् ।
प्रधानमत्री प्रचण्डले सुदूरपश्चिम विश्वविद्यालयबाट गएका विद्यार्थीहरुमध्ये एक विपिन सुवेदीसँग भर्चुअल माध्यमबाट संवाद गरेका हुन् ।
संवादका क्रममा उनले आफूले निरन्तर अपडेट लिइरहेको र नेपालमा मन्त्रिपरिषददेखि सर्वदलीय बैठक बोलाएको बताए ।
विपिनले आफूहरुलाई छिटोभन्दा छिटो उद्धार गर्न आग्रह गरेका थिए । जवाफमा प्रधानमन्त्री प्रचण्डले भने, ‘हामी सबै त्यसको तयारी गरिरहेका छौं ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4