+

डेंगु लागेका शुभमन गिलले अफगानिस्तानसँगको खेल पनि गुमाउने

२०८० असोज  २२ गते १७:३७ २०८० असोज २२ गते १७:३७
डेंगु लागेका शुभमन गिलले अफगानिस्तानसँगको खेल पनि गुमाउने

२२ असोज, काठमाडौं । भारतीय क्रिकेट टिमका ओपनर ब्याटर शुभमन गिलले डेंगुका कारण विश्वकपको दोस्रो खेल पनि गुमाउने भएका छन् ।

चेन्नईमा भारतले अष्ट्रेलियालाई ६ विकेटले हराएको खेल उनले डेंगु संक्रमणका कारण खेल्न सकेका थिएनन् । उनको स्थानमा इशान किसनले टिममा ओपनरको रुपमा खेलेका थिए ।

शुभमन दोस्रो खेलमा टिममा सँग दिल्ली नगएको भारतीय क्रिकेट टिमको अफिसियल फेसबुक ह्यान्डलबाट जानकारी दिइएको छ ।

उनी दोस्रो खेलका लागि टिमसँग दिल्ली गएका छैनन् । उनी पहिलो खेलमा पनि टिमसँग मैदान गएका थिएनन् ।

भारतीय टिमका प्रमुख प्रशिक्षक राहुल द्रविडका अनुसार उनको स्थिति सुधार भइरहेको छ र उनी मेडिकल टिमको निगरानीमा रहेका छन् ।

विश्वकप क्रिकेट शुभमन गिल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय