
२२ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव समेत रहेका प्रतिनिधि सभा सदस्य जनार्दन शर्माले सरकारमा रहेका मन्त्रीले चाहेर मात्रै पनि धेरै विषय अगाडि बढाउन नसकिने बताएका छन् ।
सोमबार प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उनले आफूले अर्थमन्त्री हुँदा गर्न नसकेका काम पनि सम्झिए । तरकारीको गुणस्तर जाँच्ने ल्याव बनाउने र धानको बिऊ फेर्ने प्रयास असफल भएको उनले स्मरण गरेका हुन् ।
‘मैले अर्थमन्त्री हुँदा यहाँ ल्याव बनाऔं, गुणस्तर मापन गर्ने ल्याव बनाऔं पैसा दिन्छु, पैसा लिनुस् भन्दा पनि कृषिको, तरकारीको, अर्कोको अहँ पैसा दिँदा पनि भएन, लिन पनि मानेन’ समिति बैठकमा शर्माले भने ।
साथै, धानको बिऊ फेर्ने प्रयास असफल भएको उनले सुनाए । ‘धानको बिऊ मात्रै बदल्दा दोब्बर तेब्बर (उत्पादन) हुन्छ, धानको बिऊ अरु ल्याइदिनुस् भन्दा सम्बन्धित निकायलाई पैसा दिँदा पनि मान्दैन (मानेनन्)’ शर्माले समिति बैठकमा स्मरण गरे ।
मन्त्रीको निर्णय कसले रोक्न भन्ने विषयमा उनी मौन रहे । उनले भनेका छन्, ‘के ले छेक्छ ? के ले रोक्छ भन्दा धेरै समस्याहरु छन् ।’
आफूले गर्न नसकेको तेस्रो काममा उनले चिनी उद्योगलाई देखाए । ‘विरगञ्ज चिनी उद्योग छ । चिनी उद्योग थुप्रै छन् । चलाउने मान्छे पनि छन् । चलाउने तयारी पनि छ । (चालउन) दिन्छु भन्दा (चलाउन) दिन दिँदैन अर्को एउटा पक्षले । यस्ता समस्याहरु छन् ।’
यी लगायतका कारणले भएका उद्योग बन्द भएका र विदेशबाट महंगोमा आयात गरेर उपभोग गर्नुपरेको उनको अनुभव छ । ‘आफ्ना हाम्रा भएका उद्योगहरु बन्द गरेका छौं, हामी आयात गरेर महंगो महंगोमा लिएर खाने अवस्था छ’ शर्माले भने ।
यस विषयमा नीतिगत रुपमै सधार आवश्यक रहेको र यसका लागि सार्वजनिक लेखा समितले पहल लिनुपर्ने उनको आग्रह छ । उनी भन्छन्, ‘कानुन बनाउने कुरा के हो ? नीति बनाउने कुरा के हो ? भनेर गम्भीर रुपले छलफल गर्नुपर्ने आवश्यकता छ ।’
नेपालको प्रमुख समस्या व्यापारको विशिष्टिकरण हुन नसक्नु रहेको पनि पूर्वअर्थमन्त्री शर्माले औंल्याएका छन् ।
‘अहिलेको मुख्य समस्या – नेपालको व्यापारको विशिष्टिकरण छैन । सबैले एउटै गर्छ । बैंक, उद्योग, ट्रेडिङ सबै एउटैको छ’ शर्मा थप्छन्, ‘एउटैको हुँदा त्यही घुमाइ घुमाइ जतैबाट पनि नाफा लिने र उभोक्ता मार पर्ने । यस सम्बन्धी नीति नहुनु ठूलो समस्या रहेको छ ।’
सबै विषय बजारले निर्धारण गर्छ भन्ने मानसिकता पनि गलत रहेको उनको ब्याख्या छ ।
‘सबै कुरा बजारले निर्धाण गर्छ भन्ने मान्यता जो छ त्यो मान्यतमााले गर्दा जनताको हितमा गर्नुपर्ने काम गर्नबाट पन्छिने अववस्था छ’ उनी थप्छन्, ‘यसकारण सबै कुरा बजार मात्रै होइन । उपभोक्ता पनि हो । सरकार पनि हो । संयन्त्र पनि हो भन्ने कुरालाइ स्थापित गर्न जरुरी छ ।’
कानुनी र नीतिगत रुपमा समस्या समाधान नगर्दासम्म समस्या समाधान नहुने पूर्वअर्थमन्त्री भनाइ छ । ‘
प्रतिक्रिया 4