+
+

भोलिदेखि कुकुर र बिरालोको बन्ध्याकरण गर्दै काठमाडौं महानगर

काठमाडौं महानगरपालिकाले मंगलबारदेखि सामुदायिक कुकुर र बिरालोको बन्ध्याकरण तथा रेविज विरुद्धको खोप दिने कार्यक्रम सुरु गर्ने भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २२ गते १८:१०

२२ असोज, काठमाडौं । काठमाडौं महानगरपालिकाले मंगलबारदेखि सामुदायिक कुकुर र बिरालोको बन्ध्याकरण तथा रेविज विरुद्धको खोप दिने कार्यक्रम सुरु गर्ने भएको छ ।

पहिलो चरणमा वडा नम्बर ४, ७, ९, ११, १४, १५, २५, ३१ र ३२ गरी ९ वटा वडामा कार्यक्रम चल्ने महानगरले जनाएको छ ।
महानगरबाट सञ्चालन भएको कार्यक्रम अन्तर्गत २७ भदौमा जारी भएको सार्वजनिक सूचनाबाट आएका संघसंस्थामध्ये ९ वटा संस्थाले कुकुर र बिरालोलाई बन्ध्याकरण गराउन लागेको हो ।

छानिएका संघसंस्था हरेकलाई उनीहरुले छानेको एउटा वडा जिम्मा दिइएको छ । जसमा वडा ४ मा ‘पशुपन्छीप्रति निर्दयता रोकावट समाज, नेपाल’, वडा ७ मा ‘काठमाडौं एनिमल ट्रिटमेन्ट सेन्टर (क्याट सेन्टर)‘, वडा ९ मा ‘बत्तीसपुतली युवा, समाज’, वडा ११ मा ‘अक्सा नेपाल’, वडा १४ मा ‘एनिमल नेपाल’, वडा १५ मा ‘नेपाल जुनोसिस एण्ड फुड हाइजिन रिसर्च सेन्टर’, वडा २५ मा ‘स्नेहाज केयर’ले काम गर्नेछन् ।

कृषि तथा पशुपन्छी विभागका प्रमुख डा. अवधेश झाकाअनुसार, वडा ३१ मा ‘भेट फर योर पेट’ र वडा ३२ मा ‘मण्डला भेट हस्पिटल’ले काम गर्नेछन् ।

डा. झाले भने, ‘३ महिनामा ५ हजार ८ सय सामुदायिक कुकुर र बिरालाको बन्ध्याकरण गर्ने र १६ हजारलाई भ्याक्सिन दिने लक्ष्य छ ।’ यसअघि बन्ध्याकरण गरिएका कुकुर बिरालोलाई खोप दिने झाले बताए ।

यसरी सेवा दिने संघसंस्थाले एउटा कुकुर वा बिरालोलाई बन्ध्याकरण गरेर खोप दिए बापत २ हजार ५ सय रुपैयाँ प्राप्त गर्नेछन् । खोप मात्र दिएको खण्डमा २ सय रुपैयाँ प्राप्त गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?