
२२ असोज, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री शक्तिबहादुर बस्नेतले संवैधानिक व्यवस्थाको मार्गदर्शन अनुरुप नै विद्युत विधेयक ल्याएको बताएका छन् ।
विद्युत विधेयक २०८० माथि संसदमा भएको उठेका प्रश्नहरुको जवाफ दिँदै मन्त्री बस्नेतले संवैधानिक व्यवस्थाले मार्गदर्शन गरे अनुरुप नै विधेयक ल्याइएको बताए ।
संविधानले उल्लेख गरेको सार्वजनिक, निजी र सामुदायिक साझेदारीको मार्गदर्शन अनुसार विधेयक आएको भन्दै उनले भने, ‘यसले सम्पूर्ण जिम्मेवारी राज्यले बहन गर्ने मात्र कुरा गरिराखेको छैन । यसले सम्पूर्ण जिम्मेवारी कुनै निश्चित सेक्टरलाई प्रदान गर्ने मात्र पनि कुरा गरिराखेको छैन ।’
मन्त्रालयले नविकरणीय ऊर्जा र ऊर्जा दक्षता विकाससँग सम्बन्धित विधेयक र जलस्रोत विधेयक ड्राफ्ट गरेर कानून मन्त्रालयमा रायका लागि पठाएको भन्दै उनले त्यसलाई पनि छिट्टै ल्याउने बताए ।
प्रतिक्रिया 4