
२२ असोज, काठमाडौं । सरकारले इजरायलमा सम्पर्कविहीन १ जना विद्यार्थीको खोजी कार्य जारी रहेको बताएको छ ।
परराष्ट्र मन्त्रालयले आज सोमबार साँझ विज्ञप्ति निकालेर ईजरायल सरकारका सम्बन्धित निकायसँगको समन्वयमा उनको खोजी कार्य जारी रहेको बताएको हो ।
जोखिमयुक्त स्थानमा रहेकामध्ये दुईवटा समूहका विद्यार्थीहरुलाई ईजरायलस्थित नेपाली राजदूतावासको पहलमा तेल अविबमा स्थानान्तरण गरिएको र अन्य विद्यार्थीहरुलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने कार्य भइरहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार नेपाली राजदूतावासले नेपाल फर्कन चाहने नेपालीहरुको विवरण अनलाइन रजिष्ट्रेशन प्रणालीमार्फत संकलन गरिरहेको छ।
असोज २० गते दक्षिण इजरायलको किबुज अलुमिम भन्ने स्थानमा प्यालेष्टाइनको हमास समूहले गरेको आक्रमणमा परी मृत्यु भएका १० जना नेपालीको शव नेपाल ल्याउन पहल भइरहेको पनि मन्त्रालयले जनाएको छ
इजरायलमा रहेका नेपालीहरूको उद्धार तथा स्वदेश फिर्तीमा सहयोग गर्न हिब्रु भाषा जान्ने स्थानीय व्यक्तिलाई बढीमा तीन महिनाका लागि काममा लगाउन इजरायलस्थित नेपाली राजदूतावासलाई स्वीकृति दिएको पनि विज्ञप्तिमा उल्लेख छ ।
प्रतिक्रिया 4