+

काठमाडौं रेजर्सको प्रमुख प्रशिक्षकमा बालगोपाल दोहोरिए

२०८० असोज  २३ गते १२:१२ २०८० असोज २३ गते १२:१२
काठमाडौं रेजर्सको प्रमुख प्रशिक्षकमा बालगोपाल दोहोरिए

२३ असोज, काठमाडौं । काठमाडौं रेजर्सले नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणका लागि प्रमुख प्रशिक्षकमा बालगोपाल महर्जनलाई नै निरन्तरता दिने भएको छ ।

बालगोपालल पनि पुरानै टिममा फर्किन पाएकोमा खुसी व्यक्त गरे । धेरै खेलाडी पलयान भएकाले टिममा धेरै सदस्य नयाँ छन् । तर उही जोश र मिलेको व्यवस्थापनसँग प्रतिस्पर्धा गर्न आफू तयार भएको महर्जनले अनलाइनखबरलाई बताए ।

उनले अघि भने, ‘खेलाडीहरु केही नयाँ भएपनि सम्पूर्ण व्यवस्थापन टिम पुरानै हो । त्यसैले पनि हामी पहिलाको जस्तै पूर्ण विश्वासका साथ टिम बनाउने छौं ।’

यस पटक एनएसएलमा एउटा टिमले ६ जनासम्म विदेशी खेलाडी अनुबन्ध गर्न पाउने छ, जसमा ५ खेलाडीलाई सेटमा खेलाउन पाइन्छ ।

बालगोपाल घरेलु प्रतियोगितामा सफल प्रशिक्षक हुन् । पछिल्लो पटक उनको प्रशिक्षणमा यही सिजनमा बी बाट एमा उक्लिएको चर्च ब्वाइज युनाइटेडले उपाधि जितेको थियो ।

एनएसएल काठमाडौं रेजर्स बालगोपाल महर्जन
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय