+
+

इजरायल सरकारप्रति नेपालको ऐक्यवद्धता

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २३ गते १२:१८

२३ असोज, काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले इजरायल सरकारप्रति नेपालले ऐक्यवद्धता व्यक्त गरेको जानकारी दिएका छन् ।

मंगलबार प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिलाई इजरायलमा भएको हमास समूहको आक्रमण र त्यसबाट नेपालीहरु प्रभावित भएको विषयमा जानकारी गराएका छन् । त्यसक्रममा उनले भनेका छन्, ‘परराष्ट्र मन्त्रालयले इजरायलमा घटना घटेकै दिन असोज २० गतेदेखि नियमित रुपमा प्रेस विज्ञप्ति जारी गरिरहेको छ । यस घटनाको निन्दा गर्नुका साथै इजरायल सरकारप्रति ऐक्यवद्धता व्यक्त गरिएको छ ।’

साथै, परराष्ट्र मन्त्री साउदले इजरायलमा बंकरभित्र रहेका ३२ जना नेपाली विद्यार्थीहरूलाई सुरक्षित स्थानतर्फ स्थानान्तरण गरिएको र स्वदेश ल्याउने तयारी भइरहेको बताएका छन् ।

हमासले इजरायलमाथि आक्रमण गर्दा १० जना नेपाली विद्यार्थीको मृत्यु भएको छ । शवहरु नेपाल ल्याउन पहल भइरहेको पनि उनले बताए ।

इजरायलमा चार हजार पाँच सय जना नेपाली केयर गिभर रहेको र २६५ जना विद्यार्थी रहेको जानकारी दिँदै उनले नेपाल आउन इच्छुकलाई ल्याउने तयारी अगाडि बढेको बताए ।

मृतकका परिवारलाई सरकारले १० लाख रुपैयाँका दरले राहत दिने निर्णय गरिसकेको छ भने आज राष्ट्रिय शोक घोषणा गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?