२३ असोज, काठमाडौं । विश्वकप क्रिकेटमा इंग्ल्याण्डका डेविड मालनले बंगलादेशविरुद्ध शतक बनाएका छन् ।
धर्मशालामा टस हारेर ब्याटिङको निम्तो पाएको इंग्ल्याण्डका ओपनर मालनले ९१ बलमा शतक पूरा गरेका हुन् । जोनी बेयरस्टोसँग मिलेर इंग्ल्याण्डलाई राम्रो सुरुवात दिलाएका उनले पहिलो विकेटका लागि ११५ रनको साझेदारी गरेका थिए ।
बेयरस्टो ५२ रनमा आउट भएपछि तेस्रो नम्बरमा आएका जोए रुटले मालनलाई साथ दिए ।
मालन १४० रनमा मेहन्दी असनको बलमा बोल्ड भए । त्यसक्रममा १०७ बल खेलेका उनले १६ चौका र ५ छक्का हाने ।
प्रतिक्रिया 4