
२३ असोज, काठमाडौं । आम जनता पार्टीका अध्यक्ष एवं सांसद प्रभु साहले इजरायलका लागि नेपाली राजदूतलाई तत्काल निलम्वन गर्न माग गरेका छन् ।
मंगलबार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले इजरायलमा नेपाल सरकारको कूटनीतिक असफलता भएको बताए ।
उनले भने, ‘इजरायलमा नेपाल सरकारको कूटनीतिक असफलता हो यो । कतै न कतै कुटनीतिक सम्बन्धलाई सन्तुलित बनाउन सकेनौँ । त्यो देश पहिलाबाट नै युद्धरत छ । ती दुवै पक्षबीच युद्धमा नै थियो । त्यहाँको राजदुत के गरेर बसेको थियो । मेरो सुझाव सरकारले त्यो राजदुतलाई निलम्वन गर्नुपर्छ । फिर्ता बोलाउनुपर्छ । ‘
उनले कूटनीतिक सम्बन्धलाई सन्तुलित बनाउन नसक्दा अहिले उद्धारमा ढिलाइ भइरहेको बताए । उनले सरकारले भागबण्डा गरेर राजदुत नियुक्ति गर्नाले असक्षम राजदुत नियुक्ति हुने गरेको बताए ।
सांसद साहले इजरायलसँग कूटनीतिक असफलता व्यहोरेको भन्दै सरकारले आत्मालोचित हुनुपर्ने बताए ।
‘त्यो एम्बेस्डरलाई त्यो ठाउँ कस्तो थियो थाहा हुनुपर्दथ्यो । बाहिरि कुरा देखाएर हुँदैन । सरकारले भागबण्डा गरेर राजदुत नियुक्ति गरेपछि यस्तै हुन्छ । सरकारले आत्मलोचित भएर क्षमा माग्नुपर्छ ।’ उनले भने ।
प्रतिक्रिया 4