
२३ असोज, काठमाडौं । संघीय निजामती विधेयकमा असन्तुष्ट स्थानीय तहका कर्मचारीहरुले मंगलबार पनि प्रदर्शन गरेका छन् ।
उनीहरले माइतीघरदेखि बानेश्वरसम्म प्रदर्शन गरेका हुुन् । उनीहरुले ‘हामी यहाँ छौँ, खै सरकार कहाँ छ ?’, ‘हामीलाई न्याय कसले दिने ?’ जस्ता नारा लेदिएको प्लेकार्ड बोकेका थिए ।
सङ्घीय निजामती सेवा ऐनको सट्टा एकीकृत निजामती सेवा ऐन जारी गर्नुपर्ने, प्रमुख प्रशासकीय अधिकृत स्थानीय तहकै कर्मचारी हुनुपर्ने, अन्तरस्थानीय तहका कर्मचारीको सरुवामा दोहोरो सहमति आवश्यक नपर्ने लगायतका २० बुँदे माग राखेर स्थानीय तहका कर्मचारीहरुले निरन्तर सडक आन्दोलनमा छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4