
२३ असोज, चितवन । चितवनको रत्ननगर नगरपालिकाले दसैं, तिहार, छठ जस्ता पर्वहरुमा प्लाष्ट्रिकजन्य फूल,माला र गुच्छाको विक्रीवितरणमा रोक लगाएको छ ।
नगरपालिकाले सोमवार एक सूचना जारी गर्दै नगर कार्यापालिकाको असोज २१ गते बसेको निर्णय अनुसार नगर क्षेत्र भित्र प्राकृतिक फूल, माला र गुच्छा मात्रै विक्रीवितरण गर्न रोक लगाएको जनाएको छ ।
प्लाष्ट्रिकजन्य सामाग्री बातावरण प्रतिकुल हुन भएकोले विक्री वितरण नगर्न भनिएको छ । यस्तो कार्य गरेमा कानून बमोजिम कारर्वाही गर्ने नगरपालिकाले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4