+

२०२८ को युरोकप संयुक्त अधिराज्य र आयरल्याण्डले आयोजना गर्ने

२०८० असोज  २३ गते १६:५५ २०८० असोज २३ गते १६:५५
२०२८ को युरोकप संयुक्त अधिराज्य र आयरल्याण्डले आयोजना गर्ने

२३ असोज, काठमाडौं । सन् २०२८ को युरो कप फुटबल संयुक्त अधिराज्य र आयरल्याण्डले आयोजना गर्ने भएका छन् ।

विश्वकप आयोजनाका लागि दाबी पेश गरेको टर्कीले आफ्नो प्रस्ताव फिर्ता गरेपछि इंग्ल्याण्ड, वेल्स, स्कटल्याण्ड्स, आयरल्याण्ड र नर्दन आयरल्याण्डको संयुक्त प्रस्ताव निर्विरोध भएको छ ।

उनीहरुलाई संयुक्त आयोजना गर्न दिने घोषणा युरोपेली फुटबल महासंघ यूईएफएले गरेको हो ।

आयोजना अधिकारी पाए लगत्तै आयोजकहरुले सन् २०२८ काे युरोकपका लागि दर्शकलाई ३० लाख टिकट उपलब्ध गराउने घोषणा पनि गरेका छन् ।

टर्कीले सन् २०३२ को विश्वकप आयोजनाका लागि इटालीसँग मिलेर संयुक्त दाबी गर्ने भन्दै प्रस्ताव फिर्ता गरेको थियो । यूईएफएले टर्की र इटालीलाई सन् २०३२ काे युराेकप आयोजना गर्ने अधिकार पनि दिएको घोषणा गरेको छ ।

युरोकप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय