+

फोनिक्स कलेजलाई हराउँदै ब्लु बर्ड बन्यो एपेक्स अन्तर कलेज क्रिकेटको विजेता

२०८० असोज  २३ गते १८:२७ २०८० असोज २३ गते १८:२७
फोनिक्स कलेजलाई हराउँदै ब्लु बर्ड बन्यो एपेक्स अन्तर कलेज क्रिकेटको विजेता

२३ असोज, काठमाडौं । एपेक्स अन्तर कलेज प्रतियोगिताको उपाधि ब्लु बर्ड कलेजले जितेको छ । फाइनलमा फोनिक्स कलेजलाई ६ विकेटले पराजित गर्दै ब्लु बर्ड कलेज च्याम्पियन बनेको हो ।

प्रतियोगिताको विजेताले १ लाख ५० हजार पुरस्कारसहित ट्रफी जितेको छ ।

उपविजेता बनेको फोनिक्सले ७५ हजार र रनरअप ट्रफी पाएको छ ।

प्रतियोगिताको प्लेअर अफ दि सिरिज फोनिक्स कलेजका क्रिस ऐयर भए ।

उत्कृष्ट ब्याटर सेन्ट जेभियर कलेजका रुपेश बस्याल भए भने बेष्ट बलर पनि क्रिस ऐयरले नै जितेका हुन् ।

टस जितेर ब्याटिङ गरेको फोनिक्स १८.३ ओभरमा अलआउट हुँदै ६२ रन मात्र जोड्न सफल भयो ।

फोनिक्सले दिएको ६३ रनको लक्ष्य ब्लुबर्डले ४ विकेट गुमाउँदै १७.२ ओभरमा पूरा गर्‍यो ।

ब्लु बर्डका लागि प्रभात हाङ्खिमले सार्वधिक ३१ रन बनाउँदै अविजित रहे ।

फोनिक्सका तीव्र गतिका बलर समिर विष्टले सार्वधिक २ विकेट लिए ।

त्यसअघि ब्याटिङ गरेको फोनिक्सका लागि सुशान्त सिंह थापाले सर्वाधिक १८ रन बनाएका थिए । रविन्द्र भुसालले १२ र राजकुमार शाहले ११ रन बनाएका हुन् ।

ब्लु बर्डका लागि विपिन आर्चयले सर्वाधिक ४ विकेट लिए । अभिनास बस्यालले २ र सुवास खत्रीले १ विकेट लिए ।

एपेक्स कलेज
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय