
२३ असोज, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपास चङ्गा उड्दा प्रशासनलाई हैरानी भएको छ ।
दसैं नजिकिँदै गर्दा आसपास बस्ने बालबालिकाले उडाएको चंगा ‘टेकअफ’ र ‘एप्रोच पास’मा परेको भन्दै विमानस्थल नागरिक उड्डयन प्राधिकरणले प्रहरीको सहयोग मागेको छ ।
जिल्ला प्रहरी परिसर, काठमाडौंका एक अधिकृतका अनुसार, आसपास चङ्गा उडाउँदा जोखिम बढेको भन्दै सहयोग गरिदिन पत्र प्राप्त भएको छ । चङ्गा नउडाउन भन्दै प्राधिकरणले सूचना जारी गरेको थियो ।
‘जहाज आउने र उड्नेमा चङ्गा देखिइरहेको छ, त्यस्तोमा यसले हवाइ सुरक्षामा गम्भीर असर पार्नसक्छ’, विमानस्थल उड्डयन प्राधिकरणमा कार्यरत एक अधिकारीले अनलाइनखबरसँग भने, ‘मौसम सफा हुँदै जाँदा चङ्गाको संख्या थप बढ्छ, त्यस्तोमा जोखिम अझै धेरै हुन्छ ।’
विमानस्थलमा चराका कारण समस्या हुनसक्ने भन्दै भगाउन शिकारी समेत राखिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4