+
+

४१ वर्षीय गर्भवती महिलाको हेलिकोप्टरबाट उद्धार

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २३ गते १९:३७

२३ असोज, पोखरा। गोरखाको चुमनुब्री गाउँपालिका-७, छेकम्पारकी ४१ वर्षीय गर्भवती महिलालाई हेलिकप्टरमार्फत उद्धार गरीएको छ । सोमबार पासाङ छेन्जुम लामालाई उद्दार गरेर काठमाडौ लगिएको हो ।

लामालाई सुरुमा छेकम्बार स्वास्थ्य चौकीमा लागिएको थियो । तर, स्वास्थ्य अवस्था जटिल रहेको र २४ घण्टाभन्दा लामो बेथा लागेकोले हेलिकोप्टर मगाइएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत मनोज लामिछानेले जानकारी दिए ।

लामालाई गोरखाबाट थापाथली हस्पिटल लगिएको थियो । त्यहाँबाट पाटन अस्पताल लगिएको लामिछानेले जानकारी दिए । ‘उहाँलाई पुत्री लाभ भएको छ । बलैमा उद्धार भएर अवस्था पनि राम्रो छ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?