+
+

काठमाडौं हुँदै बेइजिङ जानेवाला थिए राष्ट्रसंघ महासचिव, इजरायल तनावले भ्रमण रोकियो

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २३ गते १९:४०

२३ असोज, काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसको नेपाल भ्रमण स्थगित भएको छ ।

इजरायलमा लडाकु समूह हमासले आक्रमण गरेपछि पश्चिम एसियमा सुरु भएको तनावका कारण गुटरेसको नेपाल भ्रमण स्थगित भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । महासचिव गुटरेस नेपाल हुँदै चीन जाने पूर्व निर्धारित कार्यसूची रहेकामा त्यो पनि हाललाई रोकिएको छ ।

‘उहाँको छिट्टै भ्रमण हुनेछ । हाललाई स्थगित भएको छ’ परराष्ट्रकी प्रवक्ता सेवा लम्सालले अनलाइनखबरँग भनिन् ।

यसअघि संयुक्त राष्ट्रसंघका महासचिव गुटरेसको नेपाल भ्रमण यही असोज २६ गतेदेखि २९ गतेसम्म तय भएको थियो । गुटरेसले असोज २७ गते संघीय संसदको संयुक्त बैठकलाई समेत सम्बोधन गर्ने तय भएको थियो ।

तर इजरायल घटनापछि संयुक्त राष्ट्रसंघका महासचिव गुटरेसले नेपाल भ्रमण स्थगित गरेका हुन् । केही समयमै गुटरेसले नेपाल भ्रमण गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?