
२४ असोज, काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले सेयरधनीलाई ११.०५ प्रतिशत लाभांश दिने भएको छ । २३ असोजमा बसेको बैंक सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
बैंकले सेयरधनीलाई हाल कायम चुक्ता पूँजी ४ अर्ब २८ करोड ३८ लाख ८३ हजार रुपैयाँको १०.५ प्रतिशत बोनस सेयर र लाभांशमा लाग्ने कर प्रयोजनको लागि ०.५५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
बैंकको सञ्चालक समितिबाट प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीमा वितरण हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4