+
+

नेप्सेका कर्मचारी आन्दोलित, कार्यालयमा एक घण्टा धर्ना

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २४ गते १६:५९

२४ असोज, काठमाडौं । नेपाल स्टक एच्सचेञ्जको पुनर्संरचनाको माग गर्दै कर्मचारीले धर्ना दिएका छन् ।

बुधबार कर्मचारीले नेपाल स्टक एक्सचेञ्ज लिमिटेडलाई सार्वजनिक निष्कासन मार्फत पुनर्संरचना गर्नुपर्ने मागसहित धर्ना दिएका हुन् ।

नेप्से कर्मचारी संघको आयोजनामा नेप्सेलाई पुनर्संरचना गरी सबल, सक्षम, प्रतिस्पर्धी तथा आधुनिक प्रविधियुक्त बनाउन नेपाल सरकार तथा सम्बन्धित निकायको ध्यानाकर्षण गर्दै पहिलो चरणमा प्लेकार्ड सहित दबाबमूलक कार्यक्रम (एक घण्टे धर्ना) दिएका हुन् ।

नेप्सेको पुनर्संरचना गर्ने विषयलाई सम्बन्धित सरोकारवाला पक्षले सम्बोधन नगरेसम्म दबाबमूलक कार्यक्रमलाई निरन्तर जारी राखिने नेप्से कर्मचारी संघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?