+
+

क्याबिनेटको सबै निर्णय अख्तियारलाई हेर्न दिँदा प्रधानमन्त्रीको अपमान हुन्छ : सांसद पन्त

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २४ गते १७:०४

२४ असोज, काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले सबै नीतिगत निर्णयहरु अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई छानबिन गर्न दिँदा प्रधानमन्त्रीको कार्यकारी अधिकार कमजोर बन्ने बताएका छन् ।

अख्तियारसम्बन्धी ऐनबारे बुधबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा भएको छलफलमा एमाले सांसद पन्तले सबै नीतिगत निर्णयहरु अख्तियारले छानबिन गर्न दिँदा भने प्रधानमन्त्री कति बलियो हुन्छ भनेर हेर्नुपर्ने बताए । अघि भने, ‘भोलि प्रधानमन्त्रीमाथि अख्तियार नै अर्को सरकार हुने हो कि ?’

उनले मन्त्रिपरिषद्का निर्णयहरुलाई पनि हेर्ने र प्रधानमन्त्रीको अधिकार पनि नखोसिने गरी मध्यकारी बाटो खोज्नुपर्ने बताए । ‘प्रत्येक निर्णय अख्तियारले हेर्न पाउने हो भने प्रधानमन्त्रीको अपमान हुन्छ । सँगै तपाईहरुलाई हेर्न नदिने हो भने जे निर्णय पनि क्याबिनेटमा पठाइदिने भयो’ एमाले सांसद पन्तले भने, ‘यसमा सन्तुलनकारी नीति र प्रावधान के हुनसक्छ ? यो बारेमा सोच्नुपर्छ ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?