+
+

क्षमता विस्तारसँगै त्रिभुवन विमानस्थलको लिफ्ट पुनः सञ्चालन

एक पटकमा १५ ट्रली अट्ने

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २४ गते १७:१२

२४ असोज, काठमाडौं । त्रिभुवन विमानस्थलको आगगन क्षेत्रमा सञ्चालित लिफ्टको क्षमता बढाएर पुनः सञ्चालनमा ल्याइएको छ ।

यसअघि साँघुरो लिफ्टका कारण थोरै मात्र यात्रु चढ्ने समस्यामा धेरै गुनासो आएपछि लिफ्टको क्षमता बढाउन दबाब बढेको थियो ।

सोही अनुसार क्षमता बढाएर निजी क्षेत्रको आईएमएस प्रालिले लिफ्ट सञ्चालनमा ल्याएको त्रिभुवन विमानस्थल व्यवस्थापनले जानकारी दिएको छ ।

अब एक पटकमा १२ देखि १५ ट्रलीसहित यात्रुले यो लिफ्ट प्रयोग गर्न सक्ने भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?