+
+

मुसिकोट नगरपालिकामा तालाबन्दी

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २४ गते १८:५८

२४ असोज, गुल्मी । गुल्मी जिल्लाको मुसिकोट नगरपालिकामा ताला बन्दी भएको छ । एकिकृत समाजवादी निकट युवा संघ नेपाल गुल्मी र नेपाली कांग्रेस निकट तरुण दलले संयुक्त रुपमा तालाबन्दी गरेका हुन् ।

बुधबार ६ बुँदे माग राख्दै नगरपालिकाका नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा उनीहरुले तालाबन्दी गरेका हुन् । नगरप्रमुख कार्यकक्षबाट बाहिर निस्कीन नमानेपछि भित्रै तालाबन्दी गरेका थिए ।

तर नगरप्रमुख जीवन खरेलले नगरप्रहरी लगाएर आफनो कार्यकक्षको तालाबन्दी खोलेका छन् । भने प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला बन्दी भएको छ । स्थानीय तहका कर्मचारीहरु विभिन्न माग राखेर आन्दोलनमा रहेका छन् । त्यसले गर्दा अहिले सेवा प्रवाहमा समस्या हुँदै आएको छ ।

नगरपालिकाले सेवामा प्रवाहमा ढिलासुस्ती, सामाजिक सुरक्षा भत्ता, शिक्षक तथा कर्मचारीको तलब वितरण कार्यमा ढिलाई गरेको भन्दै दुई संगठनले संयुक्त रुपमा ताला लगाएको युवा संघ गुल्मी इन्चार्ज वसन्त अधिकारीले बताए । नेपालीका महान पर्वको अवसरमा नगरपालिकाका कर्मचारीले पेन डाउन गरेर प्रशासनिक कार्यमा सेवाग्राहीले सास्ती खेप्नु परेको गुल्मी इन्चार्ज अधिकारीले बताए ।

६ बुँदे मागपत्रमा स्थानिय तहमा कार्यरत कर्मचारीको पेन डाउनका कारण प्रशासनिक कार्य अस्तव्यस्त, सामाजिक सुरक्षा भत्ता, शिक्षक तथा कर्मचारीहरुको तलब वितरणमा ढिलाई, सेवाग्राहीले तत्काल सुविधा लिन सक्ने वातावरण, जनप्रतिनिधि र कर्मचारी विच विद्यमान असामन्जस्यता र दूरी हटाउनु पर्ने माग राखेका छन् ।

नगरपालिकाले मागलाई बेवास्ता गरि तत्काल सम्बोधन नगरिएमा थप आन्दोलनका कदमहरु अगाडी बढाउने उनीहरुले बताएका छन् । नगरपालिकाका प्रशासकीय अधिकृतले तुरुन्त काम सुरु गरे तालाबन्दी खोलीने अधिकारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?