+
+

इस्मा गाउँपालिकाले दूध दिने भैंसी, गाई पाल्नेलाई मासिक १० हजार दिने

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २४ गते १९:०२

२४ असोज, गुल्मी । गुल्मी जिल्लाको इस्मा गाउँपालिकाले ५ वटा भन्दा बढी दूध दिने भैंसी, गाई पाल्ने कृषकलाई मासिक १० हजार उपलब्ध गराउने भएको छ ।

पालिका भित्र दूधमा आत्मनिर्भर बनाउने र व्यवसायिक रुपमा पशुपालक कृषक बढाउने उदेश्यले गाउँपालिकाले यस्तो नीति गाउँपालिकाका पशु स्वास्थ्य प्राबिधिक तुल्सी बहादुर थापाले बताए ।

गाउँपालिकाले गत आर्थिक वर्षबाट सुरु गरेको कार्यक्रमबाट ६ वटा पशुपालक फर्महरुले मासिक १० हजारका दरले रकम पाएको गाउँपालिकाका उपाध्यक्ष पार्वती कुँवरले बताइन ।

यस आर्थिक वर्षमा पनि ४ वटा फर्महरुले ५ वटा भन्दा बढि दूध दिने भैंसी र गाई पालेर मासिक १० हजार रकम दिँदै आएको गाउँपालिकाले जनाएको छ ।

पालिका भित्र व्यवसायिक रुपमा पशुपालन गर्ने कृषकहरलाई प्रोत्साहन गर्नका लागि पशु हेरालु वापत रकम दिँदै आएको उपाध्यक्ष कुँवरले बताइन । पालिकाले दूधमा आत्मनिर्भर बनाउने उदेश्यले पशुपालक कृषकहरुलाई प्रोत्साहन गर्ने नीतिबनाएको कुँवरको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?