+
+

लेखा समितिको निर्देशन : ३२५ अर्ब राजस्वको बक्यौता असुलीको प्रगति विवरण पेश गर्नू

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २४ गते १९:१०

२४ असोज, काठमाडौं । सार्वजनिक लेखा समितिले सरकारलाई महालेखा परीक्षकको ६० औं प्रतिवेदनले देखाएको ३२५ अर्ब राजस्वको बक्यौता असुलउपरको प्रगति विवरण तत्काल समितिमा पेश गर्न निर्देशन दिएको छ ।

समितिको बुधबार बसेको बेठकले समग्र अर्थतन्त्रका समस्या समाधान गर्न भएका प्रयास, राजस्व संकलन, राजस्व बक्यौता असुलउपर लगायतका विषयमा सरकारबाट भएका प्रयासका बारेमा लिखित प्रतिवेदन पेश गर्न भनेको हो ।

समिति सभापति ऋषिकेश पोखरेलले भने, ‘महालेखापरीक्षकको कार्यालयको ६० औं प्रतिवेदनमा ३२५ अर्ब राजस्वको बक्यौता रहेको देखिन्छ । राजस्व बक्यौताको असुली प्रगति विवरण कस्तो छ ? तत्काल असुली गर्न नसक्नुको कारण के हो ?’

घट्दो पूँजीगत खर्च र बढ्दो साधारण खर्चले स्वस्थ अर्थतन्त्र व्यवस्थाको संकेत नगरेको भन्दै उनले भने, ‘तमााम प्रश्नको लिखित र प्रमाणित प्रतिवेदन समितिको सचिवालयमा दर्ता गर्न पत्रमार्फत भनेका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?