+
+

स्रोत नहुँदा खर्च कसरी गर्ने भनेर प्रश्न आउन थाल्यो : मुख्य सचिव

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २४ गते १९:५६
फाइल तस्वीर

२४ असोज, काठमाडौं । नेपाल सरकारका मुख्य सचिव डा. बैकुण्ठ अर्यालले सरकारले पूँजीगत खर्च गर्न नसक्दा आर्थिक क्रियाकलापहरु विस्तार हुन नसकेको बताएका छन् ।

सार्वजनिक लेखा समितिको बुधबार बसेको बैठकमा मुख्य सचिव अर्यालले आन्तरिक रुपमा आर्थिक क्रियाकलापहरु कम भएकाले राजस्वमा पनि चाप पर्न थालेको बताए ।

पछिल्लो समय खर्च गर्ने स्रोत नहुँदा कसरी खर्च गर्नु भन्ने प्रश्नहरु आउने गरेको भन्दै उनले भने, ‘यो चक्रलाई सरकारले तोड्नुपर्ने जरुरी छ ।’

ऋण व्यवस्थापनमा सरकारले आन्तरिक र बाह्य दुवैतिरबाट ऋण लिने गरेको उनले बताए ।

सरकारको पूँजीगत खर्च गर्ने परम्परा र प्रक्रियाहरुलाई पुनरवलोकन गर्नुपर्ने आवश्यकता रहेको मुख्य सचिव डा. अर्यालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?