२४ असोज, काठमाडौं । पाकिस्तानी क्रिकेटर मोहमद रिजवानले विश्वकप क्रिकेटमा बनाएको शतक गाजाका बासिन्दालाई समर्पण गरेका छन् ।
विश्ककप क्रिकेटमा उनले श्रीलंकाविरुद्धको खेलमा पाकिस्तानलाई जिताउने क्रममा नटआउट १३१ रन बनाएका थिए । उनी म्यान अफ द म्याच पनि चुनिएका थिए ।
उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘ये गाजाका हाम्र भाइ बहिनीहरुका लागि हो ।’
गत शनिबार हमासले इजरायलमा आक्रमण गरेको थियो, इजरायली सेनाले त्यसको जवाफी कारबाही सुरु गरेपछि गाजामा १ हजार बढीको मृत्यु भएको छ ।
इजरायली सेनाका अनुसार अहिलेसम्म इजरायलमा १ हजार २०० जनाको मृत्यु भएको छ र २ हजार ७०० घाइते भएका छन् ।
प्रतिक्रिया 4