+
+

केयूमा नेपाल टेक्नोलोजी इनोभेसन सेन्टरको उद्घाटन

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २४ गते १६:२६

२४ असोज, काठमाडौं । कोरिया इन्टरनेसनल कोअपरेसन एजेन्सी (कोईका) मार्फत दक्षिण कोरियाली सरकारको अनुदान सहयोगमा स्थापना भएको नेपाल टेक्नोलोजी इनोभेसन सेन्टर (एनटीआईसी)भवनको उद्घाटन भएको छ ।

भवनको उद्घाटन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले नेपालमा प्रविधिको विकासको महत्व औंल्याए । उनले एनटीआईसीलाई नेपालमा आविष्कार गर्नेहरुका लागि अनुसन्धान नवप्रवर्तन, स्टार्टअप र इन्क्युवेसनलाई सहजीकरण गर्न र नेपालको समग्र शिक्षामा योगदान पुर्याउन उत्कृष्ट मञ्चका रुपमा स्थापित हुने बताए । उनले दुई देश बीचको जनस्तरको सम्बन्धका लागि गणतन्त्र कोरिया सरकार र कोरियाली जनतालाई धन्यवाद समेत दिए ।

कार्यक्रममा कोरियाका राजदूत पार्क तेइ योङले नवप्रवर्तन र रोजगारी सिर्जनामा एनटीआईसी जस्ता केन्द«ले महत्वपूर्ण भूमिका खेल्न सक्ने बताए ।

कोईकाका देशीय निर्देशक मुह्यन कोङले एनटीआईसी नेपालको एक उच्च सुविधा सम्पन्न प्रयोगशाला भएको बताए ।

एकपटक एनटीआईसी पूर्ण रुपमा कार्यान्वयन भएपछि यो नेपालको सबैभन्दा राम्रो र महत्वपूर्ण अनुसन्धान केन्द्रमध्ये एक हुने उनले बताए ।

कोईकामार्फत ‘काठमाण्डौ विश्वविद्यालय (केयू) को अनुसन्धान र विकास क्षमता सुदृढीकरण मार्फत नेपालको एकीकृत ग्रामिण विकास’ परियोजनाका लागि १ करोड अमेरिकी डलर बराबरको अनुदान सहायता उपलब्ध गराएको हो ।

यस परियोजनाको उद्देश्य नेपालको अनुसन्धान र विकास क्षमतालाई सुदृढ पार्नु र प्राविधिक आविष्कारको माध्यमबाट नेपालका ग्रामिण समुदायका मानिसहरुको जीवनस्तर र आम्दानीको स्थितिमा सुधार गर्न संयुक्त रुपमा काम गर्नु हो ।

कोईकाले केयूमा एनटीआईसी स्थापना गरी ग्रामिण र पृथक क्षेत्रका लागि उपयुक्त प्रविधिसहितको व्यावसायीक मोडेल विकास गर्न उच्चस्तरीय वैज्ञानिक उपकरणको व्यवस्था गरेको छ ।

एनटीआईसीमा भएको अनुसन्धान र नवीनतम खोजको नतिजा र विकास मार्फत सिर्जना गरिएको किफायती उपकरण र प्रविधिहरु प्रयोग गरेर ग्रामिण जनताको जीवनस्तर सुधार गर्ने लक्ष्य राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?