+
+

आपत्‌कालीन सरकार बनाउन नेतान्याहु सहमत

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २४ गते २०:५०

काठमाडौं । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र विपक्षी नेता बेन्नी गट्जबीच आपत्‌कालीन सरकार गठन गर्ने सहमति भएको छ ।

बीबीसीका अनुसार नेतान्याहू, गट्ज र रक्षामन्त्री रहेको युद्ध मन्त्रिमण्डल पनि गठन गरिनेछ । यसको अर्थ युद्धको अवधिमा युद्धसँग सम्बन्ध नभएका कुनै पनि विधेयक वा सरकारी निर्णयलाई प्राथमिकता दिइने छैन । साथै सबै उच्च नियुक्तिहरुको कार्यकाल युद्ध अवधिमा स्वत: लम्बिनेछ ।

शनिबार प्यालेस्टाइनी कट्टरपन्थी समूह हमासले दक्षिण क्षेत्रमा आक्रमण गरेपछि इजरायलले युद्धको घोषणा गर्दै जवाफी कारबाही तीव्र बनाएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार हमासले गरेको आक्रमणमा परी इजरायलमा ज्यान गुमाउनेको संख्या १२०० पुगेको छ । साथै इजरायलले गरेको जवाफी कारबाहीमा पनि गाजामा १ हजार ५० भन्दा बढीको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?