+
+

‘इजरायल तनाव’बीच रिलिज हुन लागेको ‘परदेशी २’ को ओपनिङ कस्तो होला ?

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २५ गते १२:३०

काठमाडौं । वैदेशिक रोजगारीको सामाजिक आयामको कथावस्तुमा बनेको फिल्म ‘परदेशी २’ ले हलमा सुखद् शो प्राप्त गरेको छ । अघिल्लो भागले घरेलु बक्स अफिसमा उछाल कमाइ गरेको थियो । के सिक्वेलले कमाइको इतिहासलाई पुनरावृत्ति गर्ला ?

यसको उत्तर दिन अझै हतार हुनेछ । कम्तीमा शुक्रबार बेलुकासम्म यसको एउटा चित्र देखिनेछ ।

किनभने, ‘परदेशी’ र ‘परदेशी २’ प्रदर्शनबीच आठ वर्षको खाडल छ । कुल मिलाएर भन्दा यो खाडललाई एक पुस्ताको ग्याप मान्न सकिन्छ । किनभने, अघिल्लो भाग रिलिज हुँदा मल्टिप्लेक्सभन्दा सिंगल स्क्रिनको दबदबा थियो । मल्टिप्लेक्स कल्चर उदाउने क्रममा थियो । अहिलेजस्तो त्यतिबेला अन्तर्राष्ट्रिय बजार विस्तार भइसकेको थिएन ।

अहिलेजस्ता सामाजिक सञ्जालको प्रभुत्व त्यतिबेला विकास भइसकेको थिएन । ‘परदेशी’मा समावेश गीतले यस्तो हाइप सिर्जना गरेका थिए, जसलाई हेर्न दर्शक निकै उद्देलित थिए । ‘परदेशी’ले भयंकर कमाइ गरेका फिल्म हल अहिले बन्द भइसकेका छन् । कतिपय भत्काइएका छन् ।

आठ वर्षपछि दोस्रो श्रृंखला रिलिज हुन लाग्दा सिंगल स्क्रिनको अस्तित्व ‘गायब’ छ । अन्तर्राष्ट्रिय बजार विस्तार भएको छ । मल्टिप्लेक्सको दबदबाबीच दर्शकीय चेतना स्तरमा विकास भएको छ । यो बदलावबीच ‘परदेशी २’ रिलिज हुँदैछ ।

भौतिक परिवर्तन भए पनि कथा र परिवेश उस्तै छ । ‘परदेशी’ रिलिज हुँदा जुन खाले कथावस्तु बुनिएको थियो, भाग दुई रिलिज हुँदा वैदेशिक रोजगारीको प्रवृत्ति झनै सघन बनेको छ । हजारौंको संख्यामा नेपाली श्रम बेच्न र उज्वल भविष्यको कामना गर्दै विदेशिएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यस्तो चित्र दैनिक देखिन्छ ।

संयोगवश, ठीक यही समयमा हमास विद्रोहीको आक्रमणमा इजरायलमा १० नेपाली विद्यार्थीले ज्यान गुमाएका छन् । हजारौंको संख्यामा इजरायलमा रहेका नेपालीलाई उद्दारका लागि सरकार जुटेको छ । ज्यान गुमाएकाको शव ल्याउने तयारी भइरहेको छ । इजरायल तनावको मनोविज्ञानबीच ‘परदेशी २’ रिलिजको ठूलै सामाजिक अर्थ छ ।

यो फ्याक्टरले फिल्मलाई कति प्रभावित पार्ला ? यो अनुमान गर्न सकिने कुरा हो । अर्कोतर्फ, बढी शो प्राप्त गर्नु र शोअनुसारको अकुपेन्सी प्राप्त हुनु अलग कुरा हुन् । यस्तोमा, नारायण रायमाझी निर्देशित फिल्म ‘परदेशी २’ ले हलबाट सुखद शो प्राप्त गरेको छ । यसको ओपनिङ कस्तो होला ? शुक्रबार बेलुकासम्म पक्कै यसबारे थाहा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?