
२५ असोज, काठमाडौं । नेकपा एमालेका सचेतक महेश बर्तौलाले भारतीय खसी बोकाले नेपाली बजार कब्जा गरेको किसानको गुनासो रहेको भन्दै सरकारको ध्यानाकर्षण गरेका छन् ।
‘हामीले बाख्रा उत्पादन गर्यौं । खसी बोका उत्पादन गर्यौं तर यसको बजार भएन । यसले मूल्य पाएन । बजार भारतको खसी बोकाले कब्जा गर्यो’ किसानको भनाइ उद्धउत गर्दै सांसद बर्तौलाले बिहीबार प्रतिनिधि सभाको बैठकमा भने ।
नेपाली बजारमा गएर हेर्दा ६० प्रतिशत भनदा बढी भारतीय खसी बोका रहेको पाइएको भन्दै उनले यो कसरी भयो भनी सरकारले ध्यान दिनुपर्ने बताए ।
भारतबाट आएका खसी बोका रोक्न सीमामा रोक्न उनले माग गरे । भारतबाट आएका अवैध खसी बोका संक्रमित रहेको कतिपयको भनाइ रहेको भन्दै उनले सरकारले यसमा ख्याल गर्नुपर्ने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4