+
+

कोशीको मुख्यमन्त्रीमा कांग्रेसका केदार कार्कीको दाबी, एमालेको समर्थन

हरि अधिकारी हरि अधिकारी
२०८० असोज २५ गते १७:१३

२५ असोज, विराटनगर । नेपाली कांग्रेसका प्रदेशसभा सदस्य केदार कार्कीले नेकपा एमालेको समर्थनमा कोशी प्रदेशको मुख्यमन्त्री दाबी गरेका छन् ।

कांग्रेसका ८ र एमालेका ३९ प्रदेशसभा सदस्यको हस्ताक्षर सहित कार्की प्रदेश प्रमुखको कार्यालयमा पुगेका हुन् । उनीसँगै एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारी लगायतका सांसदहरु पनि प्रदेश प्रमुखकहाँ पुगेका छन् ।

सत्तारुढ गठबन्धनको तर्फबाट माओवादी संसदीय दलका नेता इन्द्र आङ्बोले पनि दाबी पेश गरेका छन् । आङ्बोले दल नेताहरुको समर्थन लिएका छन् ।

 

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?