
२५ असोज, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को सहकोषाध्यक्षमा कृष्ण तिमल्सेनाले उम्मेदवारी घोषणा गरेका छन् ।
एनआरएनएको १० औं महाधिवेशनमा सहकोषाध्यक्षमै निर्वाचित भएका तिमल्सेनाले बिहीबार ११ औं महाधिवेसनमा पनि पुनः सोही पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।
एनआरएनएको १० औं महाधिवेशन ३० असोजदेखि काठमाडौंमा आयोजना हुँदैछ ।
‘आगामी कार्यकाल २०२३-०२५ सम्मका लागि पुनः सहकोषाध्यक्ष पदमा मैले उम्मेदवारी दिने निर्णय लिएको छु,’ तिमल्सेनाले अनलाइनखबरसँग भने ।
एनआरएनए अभियानमा सक्रिय तिमल्सेना २००७ मा बेलायतको कार्यसमिति सदस्य चुनिएर एनआरएनएमा सिक्रया भूमिकामा देखिएका थिए ।
क्रमशः युकेकै उपाध्यक्ष, आईसीसी सदस्य, युरोप उपसंयोजक हुँदै उनी हाल केन्द्रीय सहकोषाध्यक्षको भूमिकामा छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4