२५ असोज, काठमाडौं । सन् २०२६ मा हुने फिफा विश्वकपको एसियाली छनोटअन्तर्गत नेपालको प्रारम्भिक चरणको खेल हेर्न दशरथ रंगशालामा खचाखच दर्शकको उपस्थिति छ ।
होम एण्ड अवेका आधारमा हुने प्रारम्भिक चरणमा नेपालले आफ्नो घरेलु मैदानमा लाओससँग खेलेको हो ।
८ वर्षपछि दशरथ रंगशालामा विश्वकप छनोटको खेल खेलिरहेको नेपाली फुटबल टोलीको समर्थनमा दर्शकहरु उल्लेख्य मात्रामा उपस्थित छन् । नेपालको ठूलो झण्डा बाजागाजासहित दर्शकहरु दशरथ रंगशालामा उपस्थित छन् ।
खेलअघि हिजो बुधबार भएको पत्रकार सम्मेलनमा नेपाली टिमका कप्तान किरण चेम्जोङले दशरथ रंगशालामा समर्थकले नेपाल, नेपाल भनेको गुञ्जनले आफूलाई उर्जा मिल्ने बताएका थिए ।
नेपाल र लाओसबीचको दोस्रो लेगको खेल १७ अक्टोबरमा लाओसको मैदानमा हुनेछ ।
तस्वीरहरू : विकास श्रेष्ठ/अनलाइनखबर
प्रतिक्रिया 4