२५ असोज, काठमाडौं । विश्वकप छनोटमा नेपाल र लाओसको खेल अहिले भइरहेको छ ।
त्रिपुरेश्वरस्थित दथरथ रंगशलामा चलिरहेको पहिलो हाफमा लाओसले घरेलु टोलीविरुद्ध अग्रता लिएको छ । ३३औं मिनेटमा लाओसका कप्टान बाउलपछान बोयनकोङले गोल गरेका हुन् ।
उनले चोनी वेनपासेर्थको पासमा नेपाली खेलाडीलाई छक्काउँदै गोल गरे । सुरुमा अनन्त तामाङलाई छलाएका उनले तीन नेपाली खेलाडीलाई बिट गर्दै गोल गरेका हुन् ।
नेपाल र लाओसबीचको दोस्रो लेगको खेल १७ अक्टोबरमा लाओसको मैदानमा हुनेछ ।
यस खेलको विजेता दोस्रो चरणमा प्रवेश गर्नेछन् । जहाँ ९ समूहमा ४-४ टिम हुनेछ र होम एण्ड अवेका आधारमा ६ खेल खेल्न पाउनेछ ।
प्रतिक्रिया 4