+
+

कानुन मिचेर हवाई भाडा वृद्धि गरे कारबाही हुन्छ : मन्त्री किराँती

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २५ गते १८:२७

२५ असोज, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले हवाई भाडालाई नियन्त्रण गर्नका लागि नेपाल वायुसेवा निगमले जहाज थप गर्नुपर्ने बताएका छन् ।

बिहीबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै मन्त्री किरातीले अनियन्त्रित भाडा वृद्धिलाई नियन्त्रण गर्नका लागि नेपाल वायुसेवा निगमले जहाज खरिद गर्नुपर्ने बताएका हुन् ।

उनले भने, ‘नियमभन्दा बाहिर जान कसैलाई पनि छुट छैन । बजारमा भएको अनियन्त्रित भाडालाई नियन्त्रण गर्नको निम्ति नै, हस्तक्षेप गर्नको निम्ति नै नेपाल वायु सेवा निगममा जहाज चाहिन्छ । त्यही कारणले जहाज किन्ने प्रक्रियामा हामी प्रवेश गरिसकेका छौं, त्योभन्दा अन्यथा हुँदैन ।’

उनले नियमभन्दा बाहिर गएर हवाई भाडा वृद्धि गर्न कसैलाई छुट नभएको बताए । उनले निजी कम्पनीहरुलाई सरकारले बढी नियन्त्रण गर्न पनि नसक्ने भन्दै उनले निजी कम्पनीहरु ऐन, कानुनभन्दा बाहिर जान पनि नपाउने बताए ।

‘निजी कम्पनीहरुलाई हामीले बढी नियन्त्रण गर्दा पनि फेरी निजी कम्पनीमैत्री हामी हुन सक्दैनौं । तर उनीहरु पनि ऐन, कानुनभन्दा बाहिर जान पाउँदैनन्’ उनले भने, ‘मनपरी उठाउन कसैले पाउँदैन । स्वेच्छाचारी हुन कसैलाई छुट छैन । कानुनभन्दा बाहिर गएमा कारबाही हुन्छ । ऐन, कानुनभन्दा बाहिर छ भने म आजै एक्सन गर्छु ।’

कानुन भन्दा बाहिर गएर हवाई भाडा वृद्धि गरेमा कारबाही गरिने चेतावनी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?