+

लाओसविरुद्धको बराबरीले खुसी छैन नेपाली टिम

२०८० असोज  २५ गते २०:०८ २०८० असोज २५ गते २०:०८
लाओसविरुद्धको बराबरीले खुसी छैन नेपाली टिम

२५ असोज, काठमाडौं । विश्वकप छनोटको पहिलो खेलमा लाओसविरुद्धको बराबरीले नेपाली खुसी रहेन ।

नेपालले लाओसविरुद्धको जितको लक्ष्यसहित दशरथ रंगशालामा खेलेको भए पनि खेल १-१ को बराबरी भएको थियो ।

खेलपछि पत्रकारसित कुरा गर्दै नेपाली टिमका मुख्य प्रशिक्षक र खेलमा गोल गरेका अञ्जन विष्ट दुवैले यो नतिजाले आफूहरु खुसी नरहेको बताए ।

‘सम्पूर्ण दर्शकलाई सरी भन्न चाहन्छु,’ नेपालका लागि कीर्तिमान १३ गोल गरेका अञ्जनले भने, ‘हामीले बराबरीका लागि खेलेका थिएनौं, जितका लागि खेलेको भए पनि जित्न सकेनौं ।’

होम एण्ड अवेको आधारमा हुने प्रारम्भिक चरणको दोस्रो खेल १७ अक्टोबरमा लाओसको मैदानमा हुनेछ । त्यो खेल जितेर नेपालीलाई दसैंको खुसी दिन आफूहरुले प्रयास गर्ने अञ्जनले बताए ।

नेपाली टिमका प्रमुख प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनेसले खेल जित्ने लक्ष्यसहित मैदान उत्रिएको भए पनि सुरुमा खेलाडीबाट टेक्निकल्ली मिस्टेक भएको बताए ।

दोस्रो हाफमा राम्रो सुरुवात गरेको र पाएको मौकामा स्कोर गरेर खेल बराबरी गरेको उनले बताए । उनले अब १७ अक्टोबरको खेलका बारेमा सोच्नु पर्ने र त्यो खेल जित्नु पर्ने बताए ।

रेफ्रीसँग प्रतिवाद गर्दा लाओसका प्रशिक्षकले ईन्जुरी टाइममा रातो कार्ड पाएका थिए ।

त्यसैले खेलपछिको पत्रकारसम्मेलनमा आएका लाओसका सहायक प्रशिक्षकले यो नतिजाबाट आफूहरु खुसी रहेको बताए । घरेलु मैदानमा अझै राम्रो गर्ने उनले सुनाए ।

अञ्जन विष्ट अल्बर्टो एनेस नेपाल भर्सेस लाओस विश्वकप छनोट फुटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय