+
+

सिंहदरबारबाट कृष्ण पहाडी सहितका अधिकारकर्मी पक्राउ

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०८० असोज २६ गते १३:३७

२६ असोज, काठमाडौं ।  सिंहदरबारमा प्रदर्शन गर्ने मानवअधिकार तथा शान्ति समाजका संस्थापक अध्यक्ष कृष्ण पहाडी सहितका अधिकारीकर्मीलाई प्रहरीले पक्राउ गरेको छ ।

विस्तृत शान्ति सम्झौताको मर्म अनुरुप पीडितलाई न्याय र पीडकलाई सजाय सुनिश्चित गर्नुपर्ने माग राखेर समाजले सिंहदरबारको दक्षिण गेटमा प्रदर्शन गरेको थियो ।

प्रदर्शनमा समाजका संस्थापक कृष्ण पहाडी सहितका अधिकारकर्मी सहभागी थिए । उनीहरुले निषेधित क्षेत्र तोडेको भन्दै प्रहरीले पक्राउ गरेको हो । समाजले १६ जना अधिकारकर्मी पक्राउ परेको जनाएको छ ।

उनीहरुले संक्रमणकालीन न्याय प्रक्रिया सम्बन्धी संसदमा प्रस्तुत संशाेधन विधेयक मानवअधिकारमैत्री बनाउनुपर्ने, फागुन १ गते बिदा दिने निर्णय खारेज हुनुपर्ने र कैद सजाय माफी गर्न सक्ने अधिकारको दुरुपयोग बन्द गर्नुपर्ने माग राखेका छन् ।

मानवअधिकार तथा शान्ति समाजले कुशासन र दण्डहीनता विरुद्ध असोज २१ गते देखि १० बुँदामा केन्द्रित रही सञ्चालन गरिरहेको देशव्यापी अभियानका क्रममा यो प्रदर्शन आयोजना गरिएको जनाएको छ ।

लेखकको बारेमा
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?