
२६ असोज, काठमाडौं । नेपाली कांग्रेस कोशी प्रदेश कार्यसम्पादन समितिले केदार कार्की र केदार कार्कीलाई प्रदेश मुख्यमन्त्रीमा समर्थन गर्ने अन्य ७ सांसदलाई हस्ताक्षर फिर्ता लिन आग्रह गरेको छ ।
प्रदेश महामन्त्री उमेश थापाका अनुसार समितिको बैठकले पार्टीलाई एकतावद्ध बनाउन कोशी संसदीय दललाई अनुरोध गरेको छ ।
बैठकले केन्द्रले थप केही निर्देशन दिएमा त्यसको निर्णय गर्ने अधिकार प्रदेश पदाधिकारीलाई दिने निर्णय पनि गरेको थापाले बताए ।
केन्द्रले मुख्यमन्त्रीमा नेकपा माओवादीका इन्द्र आङबोलाई समर्थन गर्ने निर्णय गरेको भए पनि कांग्रेस कोशीका सांसद केदार कार्कीले पार्टीका अरु ७ र नेकपा एमालेका सांसदको समर्थनमा मुख्यमन्त्रीमा दावी पेश गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4