+
+

हिंसा र शोषणको अन्त्य गर्न सरकार संवेदनशील छ : प्रधानमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २६ गते १४:२०

२६ असोज, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सबै प्रकारका हिंसा र शोषणको अन्त्य र प्रकोपमा जीउधनको सुरक्षामा सरकार संवेदनशील रहेको बताएका छन् ।

शुक्रबार राष्ट्रिय सभामा अपाङ्गता भएका व्यक्तिको अधिकार कार्यान्वयनसम्बन्धी संकल्प प्रस्तावमाथिको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै उनले यस्तो बताएका हुन् । अपाङ्गता भएका व्यक्तिको अधिकारसँग सम्बन्धित रहेर संविधान र कानुनमा विभिन्न व्यवस्थाहरु गरिएको उल्लेख गर्दै उनले कार्यान्वयनमा सरकार संवेदनशील र गम्भीर रहेको दोहोर्‍याएका छन् । यसका लागि छुट्टै प्रतिष्ठान वा आयोग गठन गर्न पनि सरकार सकारात्मक रहको उनले बताए ।

प्रधानमन्त्री पुष्पकमल प्रचण्डले खेलकुद लगायत सबै पूर्वाधार अपाङ्गमैत्री बनाइने सरकारको नीति रहेको बताए । ‘आगामी दिनमा हुने पारा ‌ओलाम्पिकमा सहभागी हुने खेलाडीहरूलाई तालिम र प्रशिक्षणको व्यवस्थालाई थप प्रभावकारी बनाउँदै लगिनेछ । साथै, उचित र पर्याप्त खेल सामग्रीहरूको व्यवस्थाका लागि अनुदान उपलब्ध गराउने कार्यक्रमलाई सरकारले उच्च प्राथमिकतामा राखेको पनि यस सम्मानित सदनलाई जानकारी गराउन चाहन्छु ।’

उनले प्राकृतिक प्रकोप, राहत, विपत, पुनर्स्थापना र पुनर्लाभका कार्यक्रममा अपांगता भएका व्यक्तिलाई सरकारले विशेष प्राथमिकतामा राखेको स्पष्ट बताए । अपाङ्गता भएका वा फरक क्षमता भएका राष्ट्रसेवकलाई कानुनी रूपमै विशेष संरक्षण गर्ने प्रधानमन्त्री प्रचण्डको प्रतिवद्धता छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?