
२६ असोज, काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका छन् ।
बैठक आज शुक्रबार ३ बजेपछि देउवाको निजी निवास, धुम्बाराहीमा बस्ने कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
बैठकमा कोशी प्रदेशमा कांग्रेस सांसदहरुले चालेको कदमका बारेमा छलफल हुनेछ ।
सभापति देउवाले मुख्यमन्त्रीमा नेकपा माओवादीका इन्द्र आङबोलाई समर्थन गर्ने निर्णय गरेको भए पनि कांग्रेस कोशीका सांसद केदार कार्कीले पार्टीका अरु ७ र नेकपा एमालेका सांसदको समर्थनमा मुख्यमन्त्रीमा दावी पेश गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4