+
+

मोदीलाई एमाले सांसदको दसैं शुभकामना : नेपाली स्वाभिमानको कदर गर्न प्रेरित गरोस्

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २६ गते १४:४९

२६ असोज, काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई विजया दशमीको शुभकामना दिएका छन् ।

शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले दशैंले भारतीय प्रधानमन्त्री मोदीलाई नेपाली भूमि र नेपाली जनताको स्वाभिमानको कदर गर्न प्रेरित गरोस् भनी शुभकामना दिएका हुन् ।

‘भारतप्रति रहेको नेपालको मित्रभाव, युगौं पूरानो मैत्रीपूर्ण सम्बन्ध, नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय स्वतन्त्रता, नेपाली भूमि र नेपाली जनताको स्वाभिमानको कदर गर्ने कार्यमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई आगामी विजया दशमीले प्रेरित गर्न सकोस् नी उहाँलाई विजया दशमीको शुभकामना ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?