
२६ असोज, काठमाडौं । सुन तस्करी जाँचबुझ आयोगले अवैध तस्करी सम्बन्धी छानबिन प्रतिवेदन, अध्ययन प्रतिवेदनहरू, अनुसन्धान वा शोधपत्रहरू भए उपलब्ध गराइ सहयोग गरिदिन अनुरोध गरेको छ ।
शुक्रबार आयोगले एक विज्ञप्ति जारी गरी सरकारका विभिन्न निकायहरू वा अङ्गहरू वा कार्यालयहरू, सम्बन्धित गैरसरकारी संघसंस्थाहरू, मानव अधिकारकर्मीहरू, अपराधशास्त्री, बुद्धिजीवी, न्यायविद् एवं कानुनविद्, अनुसन्धान तथा अभियोजन विषयक विज्ञहरू एवं पत्रकारहरूसहित आम जनसमुदायमा अनुरोध गरेको हो ।
यसका लागि टोल फ्री नम्बर १८१०५००००२३ वा इमेल :commissiongsc@gmail.com वा वेबसाइट : www.ciciig.gov.np वा ट्विटर : @ciciig2080 वा फेसबुक :ciciig2080 को माध्यमबाट कार्तिक मसान्तभित्र उपलब्ध गराउने सक्नेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4