+

योनेक्स वेन्डिगो इन्टरनेशनल च्यालेन्जमा तीन खेल जितेका प्रिन्स क्वाटरफाइनलबाट बाहिरिए

२०८० असोज  २६ गते १६:३२ २०८० असोज २६ गते १६:३२
योनेक्स वेन्डिगो इन्टरनेशनल च्यालेन्जमा तीन खेल जितेका प्रिन्स क्वाटरफाइनलबाट बाहिरिए

२६ असोज, काठमाडौं । नेपालका उदीयमान खेलाडी प्रिन्स दाहाल अष्ट्रेलियाको मेलवोर्नमा आयोजना भइरहेको योनेक्स वेन्डिगो इन्टरनेशनल च्यालेन्ज २०२३ को क्वाटरफाईनलमा पराजित भएका छन् ।

सेमिफाईनल प्रवेशका लागि भएको प्रतिस्पर्धामा प्रिन्स न्यूजिल्याण्डका एडवार्ड लाउसँग १३– २१, ११–२१ ले पराजित हुँदै बाहिरिएका हुन् ।

विश्व ब्याडमिन्टनको जुनियर वरीयतामा शीर्ष स्थानमा रहिसकेका प्रिन्सले राउण्ड अफ ६४ मा अष्ट्रेलियाका याउजु झोउलाई २१–१०, २१–६ ले तथा राउण्ड अफ ३२ मा अष्ट्रेलियाकै श्रेय धान्दलाई २१–११, २१–१६ ले पराजित गरेका थिए ।

यस्तै प्रिक्वाटरफाईनलमा चाईनिज ताईपेईका पाङ्ग फोङ्ग पुइलाई २१–१८, १२–२१, २१–१४ ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाएका थिए ।

पुरुष एकल तर्फकै अर्को खेलमा हालै भएको तेश्रो प्रधानमन्त्री कपमा प्रिन्सलाई पराजित गरेर सनसनी मच्चाएका प्रफुल महर्जन प्रिक्वाटरफाईनलमा जापानका शोता ओमोतोसँग ९–२१, १२–२१ ले पराजित भए ।

यसअघि प्रफुलले अष्ट्रेलियाका ओमकार निलमलाई २१–१०, २१–१० को सेटमा पराजित गर्दै राउण्ड अफ ३२ मा प्रवेश गरेका थिए । यस्तै उनले प्रिक्वाटरफाईनलको यात्रा तय गर्ने क्रममा अष्ट्रेलियाका केथ मार्क एडिशनलाई २०–२२, २१–१५, २१–१५ ले पराजित गरेका थिए ।

महिला युगलतर्फ वाई पाएर सिधै क्वाटरफाईनल पुगेका नङ्गशल तामाङ्ग र अनुमाया राईको जोडी क्वाटरफाईनलमा अष्ट्रेलियाका प्रिस्का कुस्तीआदी र नोजोमी सिमिजुको जोडीसँग ७–२१, १४–२१ ले पराजित भए ।

पुरुष युग तर्फ प्रिन्स र बिष्णु कटुवालको जोडी प्रिक्वाटरफाइलनमा अष्ट्रेलियाका लुकास डिफोल्की र अन्दिका रामादियान्श्याग ८–२१, १७–२१ ले पराजित भए । प्रिन्स र बिष्णुको जोडीले राउण्ड अफ ३२ मा अष्ट्रेलियाका हुईदोङ्ग ताङ्ग र जिउल झि लाई १०–२१, २२–२०, २१–१९ ले पराजित गर्दै प्रिक्वाटरमा स्थान पक्का गरेका थिए ।

पुरुष एकलमा बिष्णु कटुवाल आफ्नो पहिलो खेलमा अष्ट्रेलियाका रियो अगुष्टिनोसँग ९–२१, ९–२१ ले, अनुमाया राई आफ्नो पहिलो खेलमा अष्ट्रेलियाकी भिक्टोरिया छोनादीसँग १६–२१, १६–२१ र नङ्गशल तामाङ्ग अष्ट्रेलियाकी टिफानी होसँगग ७–२१, ८–२१ ले पराजित भएका थिए ।

 

योनेक्स वेन्डिगो इन्टरनेशनल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय