+

काभा भलिबल च्यालेन्ज कप : पाँच सेटको खेलमा नेपाल साउदी अरेबियासँग पराजित

२०८० असोज  २६ गते १६:३६ २०८० असोज २६ गते १६:३६
काभा भलिबल च्यालेन्ज कप : पाँच सेटको खेलमा नेपाल साउदी अरेबियासँग पराजित

२६ असोज, काठमाडौं । श्रीलंकामा जारी काभा पुरुष भलिबल च्यालेन्ज कप अन्तर्गत नेपाल आफ्नो चौथो खेलमा साउदी अरेबियासँग पराजित भएको छ । पाँच सेट चलेको खेलमा नेपाल ३-२ सेटमा पराजित भएको हो ।

सुगाथडसा इन्डोर स्टेडियममा भएको खेलमा पहिलो सेट साउदीले २५-२२ ले आफ्नो पक्षमा पारेको थियो । त्यसपछि नेपालले दोस्रो सेट २५-२१ ले जित्दै १-१ को बराबरी गर्‍यो । तेस्रो सेट साउदीले २५-२३ ले आफ्नो पक्षमा पार्दै फेरि अग्रता लियो ।

चौथो सेट २७-२५ ले आफ्नो पक्षमा पार्दै नेपालले खेललाई पाँच सेटसम्म लम्ब्याएको थियो । तर पाँचौ तथा निर्णायक सेट साउदीले १७-१५ ले जित्दै खेल जितेको हो ।

प्रतियोगितामा नेपालको यो दोस्रो हार हो भने साउदीको पहिलो जित हो ।

नेपालले यसअघि खेलेका तीन मध्ये दुई खेलमा जित हात पार्दा एक खेलमा पराजित भएको थियो । पहिलो खेलमा बंगालदेशलाई हराएको नेपाल दोस्रो खेलमा श्रीलंकासँग पराजित भएको थियो । तर तेस्रो खेलमा नेपालले अफगानिस्तानलाई हराएको थियो ।

चार खेलमा दुई जित र दुई हारपछि नेपालको उज्वेकिस्तान र अफगानिस्तान समान ६ अंक छ । साउदीले चार खेलबाट ३ अंक जोडेको छ ।

दुई हारपछि नेपालको फाइनल पुग्ने सम्भावना कमजोर बनेको छ ।

अब नेपालले फाइनल पुग्न उज्वेकिसत्न विरुद्धको अन्तिम खेल सोझो सेटमा जित्नुपर्नेछ भने अन्य खेलको नतिजामा समेत भर पर्नुपर्नेछ ।

६ राष्ट्र सम्मिलित प्रतियोगितामा नेपालले अन्तिम लिग खेल शनिवार उज्वेकिस्तानसँग खेल्नेछ । लिग चरणपछि शीर्ष दुई टोलीले उपाधिका लागि खेल्नेछन् ।

श्रीलंका ७ अंकसहित शीर्ष स्थानमा छ ।

काभा भलिबल च्यालेन्ज
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय