+
+

उत्तरी गाजा खाली गर्न इजरायली सेनाको निर्देशन, नागरिक घर छाडेर सुरक्षितस्थल खोज्दै

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २६ गते १७:४६

२६ असोज, काठमाडौं । इजरायली सेनाले उत्तरी गाजामा रहेका प्यालेस्टाइनी नागरिकलाई २४ घन्टा भित्र ठाउँ खाली गरेर दक्षिणी क्षेत्रमा जान निर्देशन दिएको छ ।

संयुक्त राष्ट्रसंघका अनुसार हमास लडाकुविरुद्ध कारबाही जारी राखेको इजरायली सेनाले उत्तरी गाजाका बासिन्दालाई त्यहाँ नबस्न भनेको हो ।

सेनाको यो निर्देशनपछि उत्तरी गाजाका बासिन्दा घर छाडेर दक्षिणी क्षेत्रतिर लागेका छन् ।

महिला तथा केटाकेटीहरू आफूले बोक्न सक्ने जति सामान लिएर गाजाको सडकमा निस्किएको तस्वीर तथा भिडियोहरु अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा आएका छन् ।

सेनाले दिएको आदेश अनुसार उत्तरी गाजाका ११ लाख नागरिकले आफ्नो घर छाड्नुपर्नेछ । जुन गाजापट्टीको आधा जनसंख्या हो ।

गत शनिबार हमासले इजरायलमाथि आक्रमण गरेपछि त्यहाँ अहिले युद्ध जारी छ । हमासको आक्रमणबाट १ हजार ३०० नागरिक मारिएका छन् । जसमा इजरायली र केही विदेशी नागरिक छन् । मारिनेमा १५० जना हमासले बन्धक बनाएकाहरु पनि रहेको बीबीसीले जनाएको छ ।

इजरायलले हमास लक्षित गरी गरेको कारबाहीमा भने १ हजार ५०० जना प्यालेस्टाइनी नागरिक मारिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?