
२६ असोज, काठमाडौं । पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको उपन्यास अपराजिता सार्वजनिक भएको छ ।
शुक्रबार काठमाडौंमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वप्रधानमन्त्री चन्दद्वारा लिखित उपन्यास अपराजिताको लोकार्पण गरेकी हुन् ।
लेखकले सुदूरपश्चिम क्षेत्रको सामाजिक परिवेश र सशस्त्र द्वन्द्वको समयमा त्यहाँका जनताले भोग्नुपरेको दुःख र पीडाका कथाहरुको मार्मिक रुपमा चित्रण गरेको उनले बताइन् ।
पूर्वराष्ट्रपति भण्डारीले भनिन्, ‘लोकेन्द्रबहादुर चन्दको सरलता र सादापनबाट आजका पुस्ताका राजनीतिक व्यक्तित्वहरुले धेरै कुरा सिक्न सक्नुपर्छ ।’
पूर्व प्रधानमन्त्री चन्दले भने आफ्नो एउटा उपन्यास लेख्ने धोको भएपनि विगतमा समय अभावका कारण कथामै टुंग्याएको बताए । अहिले उपन्यासको रुपमा प्रकाशित गर्न पाउँदा सन्तोष लागेको सुनाए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4