
२६ असोज, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला अनुपस्थित भएपछि कार्यसम्पादन बैठकले कोशीका सन्दर्भमा कुनै निर्णय नगरि बैठक भोलीका लागि सरेको छ ।
कार्यसम्पादन समितिको बैठक पछि प्रचार विभाग प्रमुख मीन विश्वकर्माले नेता शेखर आउँछु आउँछु भनेर बैठकमा नआएको बताए । बैठक पुन बस्ने गरि आजको लागि सकिएको विश्वकर्माले जानकारी गराए ।
कोशीको संकट हटाउनका लागि सभापति शेरबहादुर देउवाले शेखरसँग विकल्पमा कुरा गरेपनि उनी तयार नभएको विश्वकर्माले बताए । सर्वसम्मत् कांग्रेसबाट अर्को व्यक्ति ल्याए माओवादीको उम्मेदवार फिर्ता आफूले गराउने देउवाले प्रतिवद्धता गरेका थिए ।
सर्वसम्मत् व्यक्तिका रुपमा अर्को नाम अघि सार्न सभापतिले आग्रह गरेपनि शेखरले नसकेको बैठकमा सहभागी अर्का एक नेताले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4