२६ असोज, काठमाडौं । सोलुखुम्बुको फाप्लामा स्काई रेस पिके पिक ट्रेल रनिङ प्रतियोगिता हुने भएको छ ।
कोलम्बिया स्पोर्टस वेयर नेपालको सहयोगमा नेपाल ट्रेल सिरिजको आयोजनामा पहिलो पटक हुन लागेको स्काई रेस पिके पिक कात्तिक १ देखि ४ गतेसम्म हुनेछ ।
भविष्यमा नेपालमा अन्तर्राष्ट्रिय स्तरको स्काई रेस प्रतियोगिता गर्नुको साथै खेलकुद पर्यटन प्रवर्द्धनमा सहयोग गर्ने उद्देश्यले यस रेस गर्न लागिएको रेस व्यवस्थापक प्रिति खत्रीले जानकारी दिइन् ।
रेसमा ५० किमीको स्काई अल्ट्रा, ३० किमीको ट्रेल रेस र ५ किमीको फन रन हुनेछ । रेस फाप्लुबाट सुरु हुनेछ ।
यस रेस प्रतियोगितामा करिब ६० जना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय धावकहरु सहभागी हुनेछन् ।
जसमा १० देशका २० अन्तर्राष्ट्रिय धावक समेत सहभागि हुने खत्रीले बताइन् । भियतनाम, अमेरिका, नेदरल्याण्ड्स, युक्रेन लागयतका धावकको सहभागिता हुनेछ ।
प्रतिक्रिया 4