
२६ असोज, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा अराजकता स्वीकार्य नहुने बताएका छन् ।
पार्टीभित्र सुदृढ अनुशासन चाहिएको भन्दै उनले नीति, विधि, संगठन संरचनाभित्र नबधिएको व्यक्ति पार्टीको हुन नसक्ने बताए ।
शुक्रबार पार्टीको स्कुल विभागको कार्यक्रममा एमाले अध्यक्ष ओलीले यो मान्दिन, ऊ मान्दिन भन्नु अराजकता भएको बताए ।
‘अराजकतालाई अस्वीकार गर्नुस्’ पार्टीका नेताहरुलाई उनले निर्देशन दिएका छन्, ‘पार्टीलाई पार्टीको ढंगले चलाउन अनुशासन चाहिन्छ, जनवादी केन्द्रीयता चाहिन्छ ।’
म फलानालाई मान्दिन भन्ने सन्न थालेको भन्दै उनले कसलाई मान्छ त भनेर प्रश्न गरे । ‘घरमा गएर बा–आमालाई मान्छ ?’ उनले भने, ‘पार्टीमा त संगठन मान्ने हो । यो मान्दिन, ऊ मान्दिन भन्ने अनुशासनहीन कुरा हुन् ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4