+
+

सरकारलाई झलनाथ खनालको प्रश्न : कुटी क्षेत्रमा आउँदा मोदीले स्वीकृति लिए ?

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २७ गते ११:३१

२७ असोज, काठमाडौं । एकीकृत समाजवादीका नेता झलनाथ खनालले कुटी क्षेत्रमा भारतीय प्रधानमन्त्रीको भ्रमणबारे सरकारसँग जवाफ मागेका छन् ।

भारतीय प्रधानमन्त्री मोदी बिहीबार कुटी क्षेत्रमा आएर पार्वती कुण्ड गएका थिए । नेपाललाई जानकारी नदिई नेपाली भूमिमा आएको भन्दै दलहरुले सरकारसँग जवाफ मागेका छन् ।

एकीकृत समाजवादीका नेता एवं विदेश विभाग प्रमुख खनालले पनि शनिबार विज्ञप्ति जारी गरेर मोदीको भ्रमण आश्चर्यजनक घटना भएको बताएका छन् ।

कुटी, नापी र कुञ्जी जस्ता स्थान नेपालका अभिन्न भूभाग भएपनि भारतले अतिक्रमण गरेको भन्दै उनले भनेका छन्, ‘त्यसैको पछिल्लो कडी हो प्रधानमन्त्री नरेन्द्र मोदीको पूजा आजाको नाममा गरिएको ठाडो अतिक्रमण ।’

पूर्वप्रधानमन्त्री समेत रहेका नेता खनालले मोदीबारे जानकारी थियो कि थिएन ? सरकारसँग स्वीकृति लिएको थियो कि थिएन भनेर  सरकारको जवाफ मागेका छन् ।

‘प्रधानमन्त्री नरेन्द्र मोदीको अप्रत्यासित कुटी क्षेत्रको भ्रमण नेपाली भूभागका विरुद्ध अर्को ठाडो अतिक्रमण हो,’ उनले भनेका छन्, त्यसबाट नेपालको सार्वभौमसत्ता र भौगोलिक अखण्डताको उल्लंघन भएको छ ।’

उनले अघि भनेका छन्, ‘त्यस प्रकारका अतिक्रमणका विरुद्ध नेपाल सरकारको दृष्टिकोण के हो ? हाम्रो परराष्ट्र मन्त्रालय यस बारेमा के भन्छ ? सम्पूर्ण यथार्थ जनसमक्ष ल्याउन हाम्रो पार्टी वर्तमान गठबन्धन सरकारसँग जोडदार माग गर्दछ ।’

पार्वती कुण्ड पुगेका नरेन्द्र मोदी ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?